४ करोडको घरमा २२ करोड हाउस ट्याक्स ! पानीको बिल १२ करोड !
lokaantar.com

भारतको उत्तर प्रदेशस्थित सहारनपुरमा नगर निगमको लापरबाही र त्रुटिपूर्ण कर निर्धारण प्रणालीको एक अचम्मको घटना प्रकाशमा आएको छ। त्यहाँका एक समाजवादी पार्टी (सपा) का नेताको करिब ४ करोड मूल्य पर्ने घरमा नगर निगमले २२ करोडभन्दा बढीको हाउस ट्याक्स र १२ करोड रुपैयाँभन्दा बढीको पानीको बिल पठाएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
समाचारअनुसार सहारनपुर नगर निगमअन्तर्गत वडा नम्बर-२ को रामनगरस्थित मल्हीपुर रोडमा बस्ने सपा नेता फरहाद गाडाको परिवारलाई नगर निगमबाट आएको उक्त भारी भरकम करको नोटिसले झट्का दिएको छ। फरहाद गाडाको परिवारले दिएको जानकारी अनुसार उनको घर करिब ८१६ गज क्षेत्रफलमा बनेको छ र यसको हालको बजार मूल्य करिब ४ करोड रुपैयाँ मात्र छ। उनीहरूले यो घर बनाएको करिब दुई वर्ष भएको छ भने परिवारले यहाँ बसोबास गर्न थालेको एक वर्ष मात्रै भएको छ।
Read full story at source (lokaantar.com)