अर्को विश्व व्यवस्थाको शिखरमा को बस्नेछ ?
baahrakhari.com · Thu Aug 06 03:25:43 GMT 2026
सैन्य र आर्थिक शक्ति तथा मूल्यमान्यतामा आधारित अमेरिकी एकाधिकारको विश्व व्यवस्थाको युग अन्ततः समाप्त भएको छ । यसले युरोपको लामो स्थिरताको अवधिलाई पनि सँगै लगेको छ । विश्व उल्लेखनीयरूपमा अझ बढी अस्थिर र अनिश्चित बनेको छ भने निकट भविष्यमा अझ बढी अस्थिरता आउने देखिन्छ ।
विगतमा, विश्व व्यवस्थाको रूपरेखा प्रमुख औद्योगिक राष्ट्रहरूलाई एकसाथ ल्याउने जी- ७, जी-८ ढाँचामा स्पष्टरूपमा प्रतिविम्बित हुन्थ्यो । तर अब चीनको नेतृत्वमा रहेको सांघाई सहकार्य संगठन, रुसको नेतृत्वमा रहेको युरेसियन आर्थिक संघ र ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका,र आधा दर्जन अन्य सदस्यहरूका साथै दस साझेदार देशहरूको ब्रिक्स+ जस्ता प्रतिस्पर्धी संरचनाहरू अस्तित्वमा छन् जसमा प्रायः उदीयमान अर्थतन्त्र समावेश छन् ।
Read full story at source (baahrakhari.com)