जर्मनीको विमानस्थलमा विस्फोटक ड्रोन भेटिएपछि सुरक्षा सतर्कता उच्च, रूसमाथि आशंका
nepalviews.com · Thu Aug 06 03:38:58 GMT 2026

एजेन्सी । जर्मनीको लाइपजिग–हाले विमानस्थलमा युक्रेनी कार्गो विमान नजिकै विस्फोटक पदार्थ जडान गरिएको ड्रोन फेला परेपछि त्यहाँको सुरक्षा सतर्कता उच्च पारिएको छ। मंगलबार राति र बुधबार बिहानको बीचमा घटेको यस घटनापछि विमानस्थलमा केही समय उडान सेवा प्रभावित भएको थियो।
पूर्वी जर्मनीमा अवस्थित यो विमानस्थल जर्मन सेना र नेटोका लागि सैनिक सामग्री ढुवानीको प्रमुख केन्द्र हुनुका साथै युक्रेनको ‘एन्टोनोभ एयरलाइन्स’ र विश्वव्यापी ढुवानी कम्पनी ‘डीएचएल’ (DHL) को प्रमुख हब पनि हो। घटनाका क्रममा एउटा विमान उडान भर्ने बेला अज्ञात वस्तुसँग ठोक्किए पनि पछि त्यसलाई हानोभर विमानस्थलमा सुरक्षित रूपमा अवतरण गराइएको थियो। विमानको अगाडिको भागमा सामान्य क्षति पुगेको अधिकारीहरूले पुष्टि गरेका छन्।
Read full story at source (nepalviews.com)