लाइसेन्समा नयाँ प्रणाली लागु भएसँगै सेवा प्रवाहमा भद्रगोल, सेवाग्राही मर्कामा
techpana.com · Thu Aug 06 03:33:38 GMT 2026

काठमाडौं । यातायात व्यवस्था विभागले १ साउनदेखि कार्यान्वयनमा ल्याएको नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा समस्या देखिएपछि यातायात सेवा प्रभावित भएको छ । पर्याप्त पूर्वतयारीबिना नै ‘इलेक्ट्रोनिक ड्राइभिङ्ग लाइसेन्स एन्ड भेहिकल रजिस्ट्रेसन सिस्टम’ (ईडीएलभीआरएस) सबै प्रदेशमा लागु गर्दा यातायात कार्यालयहरूमा सेवाग्राहीहरू सास्ती भोग्न बाध्य भएका हुन् ।
नयाँ प्रणालीमा देखिएका अनेकौँ त्रुटिका कारण नयाँ लाइसेन्सको आवेदन, नवीकरण, वर्ग थप, प्रतिलिपि र ट्रायल परीक्षाजस्ता सेवा कतै ठप्प र कतै आंशिक चलेका छन् ।
Read full story at source (techpana.com)