लन्डनमा गरिनेछ विश्व कीर्तिमानी आरोही निर्मल पुर्जाको अन्तिम बिदाइ
nepalnews.com · Thu Aug 06 03:54:59 GMT 2026

काठमाडौं। विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को अन्तिम संस्कार बेलायतको लन्डनमा गरिने भएको छ। परिवार बेलायतमा बसोबास गर्दै आएकाले धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि उतै गर्ने निर्णय गरिएको हो।
गत साउन १४ गते पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा गएको भीषण हिमपहिरोमा परी पुर्जासहित चार जना आरोहीको निधन भएको थियो। उनी १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोलीको नेतृत्व गर्दै ब्रड पिक आरोहणमा गएका थिए।
Read full story at source (nepalnews.com)