कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको अन्तिम संस्कार बेलायतमा गरिने
corporatenepal.com · Thu Aug 06 03:47:33 GMT 2026

मुक्तिनाथ (मुस्ताङ) । पाकिस्तानको ब्रड पिकमा गएको हिमपहिरोमा परी निधन भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को अन्तिम संस्कार बेलायतको लन्डनमा गरिने भएको छ । गत साउन १४ गते ब्रड पिक आरोहणका क्रममा आएको भीषण हिमपहिरोमा परी पुर्जासहित १० सदस्यीय आरोहण टोली प्रभावित भएको थियो । टोलीको नेतृत्व गरिरहेका पुर्जाको निधन भएपछि उनको परिवार बेलायतको लन्डनमा रहेकाले धार्मिक परम्पराअनुसार अन्तिम विदाइ उतै गरिने भएको हो ।
पुर्जाको शव साउन १७ गते पहिचान भए पनि प्रतिकूल मौसम र शव रहेको स्थान कठिन भएकाले उद्धार कार्य तत्काल सम्भव भएको थिएन। बुधबार दिउँसो मात्रै उनको शव ब्रड पिक बेसक्याम्पमा ल्याइएको हो । बेलायतमा रहेका पुर्जाका दाजु कमलबहादुर पुर्जाका अनुसार लन्डनमा अन्त्येष्टि सम्पन्न भएपछि जन्मभूमि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना तथा उनको बाल्यकाल बितेको चितवनमा पनि सम्झनास्वरूप कार्यक्रम गरिनेछ।
Read full story at source (corporatenepal.com)