वीरगञ्जमा मापसे गरेका ट्याङ्कर चालकको ठक्करबाट ई-रिक्साका ९ जना घाइते
ratopati.com · Thu Aug 06 03:58:52 GMT 2026

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोकस्थित हुलाकी सडक-खण्डमा ग्यास ट्याङ्करले ई-रिक्सालाई पछाडिबाट ठक्कर दिँदा ९ जना घाइते भएका छन्।
बुधबार राति करिब ८:०० बजे पावरहाउसतर्फबाट तिलावे पुलतर्फ जाँदै गरेको ना २ ह ६६८२ नम्बरको ई-रिक्सालाई सोही दिशाबाट आउँदै गरेको आरजे १४ जीई ८७१० नम्बरको ग्यास ट्याङ्करले पछाडिबाट ठक्कर दिएको थियो। ठक्कर लगत्तै ट्याङ्कर फरार भएको थियो।
Read full story at source (ratopati.com)