सुरक्षा संकटमा प्रहरी परिचालन आदेश : संविधानमा प्रदेशको, मैदानमा सीडीओको
kendrabindu.com · Thu Aug 06 04:04:53 GMT 2026

काठमाडौं । सुनसरीको देवानगन्ज–३, कप्तानगन्जमा तनाव बढ्दै थियो । सार्वजनिक स्थानमा गाडिएका धार्मिक सम्प्रदायका अग्ला झन्डा र ठूलो आवाजमा बजाइएका धार्मिक गीतको निहुँमा हिन्दु र मुस्लिम युवाबीच भएको विवादले सुरक्षा अवस्था बिग्रँदै थियो ।
१० साउन रातिदेखि नै हतियारसहित प्रहरी, सशस्त्र प्रहरी र सेना खटाउने, कर्फ्यु र निषेधाज्ञा लगाउने तथा त्यसको समय र भौगोलिक सीमा बढाउने–घटाउने सबै काम इनरुवास्थित प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को कार्यालयले गरिरह्यो । दलका नेता, आन्दोलनकारी, संघीय सांसद र प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि, सबैजना एकपछि अर्को गर्दै बैठकका लागि प्रजिअकै कार्यालय पुगे ।
Read full story at source (kendrabindu.com)
