मुगु र हुम्ला जोड्ने कर्णाली नदीमाथि बेलीब्रिज निर्माण हुने, स्थानीयवासीमा उत्साह
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
काठमाडौँ । मुगु र हुम्लालाई जोड्ने कर्णाली नदीमाथि बेलीब्रिज निर्माण हुने भएको छ। सोरु गाउँपालिका–१० र ११ अन्तर्गत पर्ने दोमुख–सिनेखर्क क्षेत्रमा तत्कालका लागि बेलीब्रिज निर्माण प्रक्रिया अघि बढेसँगै वर्षौंदेखिको सास्ती भोग्दै आएका स्थानीयवासीमा ठूलो उत्साह छाएको छ।
लामो समयदेखि निर्माण कार्य अलपत्र परेको दोमुख मोटरेबल पुलको विकल्पका रूपमा यो बेलीब्रिज जडान गर्न लागिएको हो। सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीको विशेष पहलमा बेलीब्रिज निर्माणका लागि आवश्यक संरचना निर्माण, जडान तथा ढुवानी खर्च गाउँपालिकाले नै व्यहोर्ने प्रतिबद्धतासहित सडक विभाग चाकुपाट, ललितपुरमा प्रस्ताव पेस गरिएको थियो।
Read full story at source (hamrakura.com)