तीन संकथनको संघर्ष: राष्ट्रको कार्यदिशाबारे एक दार्शनिक विमर्श
nepalviews.com · Thu Aug 06 04:17:51 GMT 2026

नेपालको सार्वजनिक बौद्धिक वृत्तमा बेला–बेलामा यस्ता लेखहरू प्रकाशित हुन्छन्, जसले तत्कालीन राजनीतिक घटनाक्रमलाई अर्थ दिने प्रयास गर्छन् । यस्ता लेखहरू केवल सूचनाको व्याख्या मात्र हुँदैनन्, तिनले समाजलाई एउटा विशेष दृष्टिबाट सोच्न प्रेरित गर्छन् । त्यसैले यस्ता लेखहरू केवल विचार होइनन्, भविष्यको राजनीतिक दिशालाई प्रभावित गर्ने वैचारिक हस्तक्षेप पनि हुन् ।
यसै सन्दर्भमा, 'नेपालभ्युज' मा मिति २०८३ साउन ०६ गते प्रकाशित ' तीन संकथनको संघर्षभित्र राष्ट्रिय सत्य कुन? ' शीर्षकको लेखमा लेखक डम्बर खतिवडाले नेपालको पछिल्लो एक वर्षको राजनीतिक घटनाक्रमलाई तीनवटा संकथनको द्वन्द्वका रूपमा व्याख्या गर्ने प्रयास गर्नुभएको छ। उहाँको मूल जिज्ञासा गम्भिर छ - राष्ट्रले कुन सत्यलाई स्वीकार गर्ने ? सार्वजनिक वृत्तमा फैलिएका परस्पर विरोधी कथनमध्ये कुन चाहिँ राष्ट्रिय सत्य हो ? यस प्रकारको प्रश्न उठाउनु आफैँमा स्वागतयोग्य बौद्धिक साहस हो, किनभने कुनै पनि राष्ट्र अन्ततः उसले स्वीकार गरेको सत्यकै आधारमा आफ्नो भावी यात्रा तय गर्छ ।
Read full story at source (nepalviews.com)