जिम्न्याष्टिकमा रिसब र त्रिसालाई स्वर्ण
gorkhapatraonline.com · Mon Jun 08 09:46:48 GMT 2026
लनर्स एकेडेमीका रिसब जकिबन्जर र बाल दीक्षा सदनकी त्रिसा महर्जनले यु–१६ राष्ट्रिय विद्यालयस्तरीय जिम्न्याष्टिक प्रतियोगितामा स्वर्ण जित्नुभएको छ । व्यक्तिगत स्पर्धाको छात्रमा रिसब र छात्रामा त्रिसा पहिलो हुनुभएको हो ।
छात्रमा नेपाल पुलिस स्कुलका असल जोशी र ख्वपरिङ इङलिस एकेडेमीका ब्रयान लवाजु दोश्रो तथा प्रभातका लिजा अवाल तेश्रो हुनुभयो । छात्रामा काष्ठमण्डपकी पुण्य श्रेष्ठ दोश्रो तथा लिटिल एन्जल्सकी आराध्या महत र रोज बडकी हर्षली रन्जित तेश्रो हुनुभयो ।
Read full story at source (gorkhapatraonline.com)