कसले चलाइरहेको छ प्रधानमन्त्री कार्यालय ?
bishowkhabar.com · Thu Aug 06 04:24:28 GMT 2026

काठमाडौं -मुलुकको कार्यकारी शक्तिको केन्द्र हो-प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय । जहाँबाट सरकारले गर्ने प्रत्येक निर्णयको तयारी, कानुनी परीक्षण, मन्त्रालयहरूसँगको समन्वय, कार्यान्वयनको अनुगमन भइराखेको हुन्छ । अनि प्रधानमन्त्रीको दैनिक कार्यतालिकाको व्यवस्थापन पनि यसैले गर्छ । यसआधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कस्ता व्यक्ति छन्, कतिजना छन्, जिम्मेवारी कसरी बाँडफाँड गरिएको छ भन्ने विषयमा सबैको चासो रहन्छ ।
नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला)ले यो विषयमा संसद्मा प्रश्न नै दर्ता गराएकी थिइन् । जवाफमा प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को निजी सचिवालयमा २७ जना रहेको विवरण उपलब्ध गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आफैंले पनि चौमासिक प्रगति विवरण सार्वजनिक गरेको छ । जसअनुसार प्रधानमन्त्री कार्यालयमा समग्रमा २३० जनाको जनशक्ति छ । तीमध्ये २७ जना प्रधानमन्त्री बालेनको निजी सचिवालयमा छन् भने बाँकी कर्मचारीले स्थायी र करार दरबन्दीमा रहेर सरकारको केन्द्रीय संयन्त्र सञ्चालन गरिरहेका छन् ।
Read full story at source (bishowkhabar.com)