काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम
himalpress.com · Thu Aug 06 04:29:35 GMT 2026

काठमाडौँ- बाढी पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको बाढी पूर्वानुमान अनुसार देशका विभिन्न ३० जिल्ला भई बहने ससाना नदीहरूमा बाढीको मध्यम जोखिम छ।
हाल देशका ठुला नदीहरूको अवस्था भने सामान्य रहेको छ। महाशाखाका अनुसार आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तलै रहेको छ।
Read full story at source (himalpress.com)