जेन्जी आन्दोलनमा झुम्का कारागारबाट फरार कैदीलाई पक्राउ
annapurnapost.com · Thu Aug 06 04:25:10 GMT 2026

काठमाडौं : जेन्जी आन्दोलनका क्रममा झुम्का कारागार सुनसरीबाट फरार भएका कर्तव्य ज्यान मुद्दाको एक जना कैदीलाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार झुम्का कारागारबाट फरार भएका ३५ वर्षीय छत्रबहादुर नेपालीलाई तेह्रथुम, लालिगुराँस नगरपालिका –८ सोल्माबाट पक्राउ गरिएको हो ।
प्रहरीले जिल्ला अदालत तेह्रथुमले २० वर्ष कैद फैसला गरी ९ वर्ष कैद भुक्तान गर्न बाँकी रहेकोमा फरारपछि उनी आफ्नै घरमा बसेको थिए। प्रहरीले साउन २१ गते राति करिब २ बजे घरबाट नियन्त्रणमा लिएको जनाएको छ।
Read full story at source (annapurnapost.com)