पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा
barnanmedia.com · Thu Aug 06 04:45:31 GMT 2026

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका–४, धन्सार पुलस्थित महेन्द्र राजमार्गमा पेट्रोल बोकेकोे ट्यांकर पल्टिएर भएको आगलागी नियन्त्रणमा लिइएको छ । सशस्त्र र नेपाल प्रहरीको टोलीले दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीका अनुसार, बिहीबार (साउन २१) बिहान बाराको अमलेखगन्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्यांकर मृग जोगाउने क्रममा अनियन्त्रित भई सडकछेउमा पल्टिएको थियो । दुर्घटनापश्चात् उक्त ट्यांकरमा आगलागी भएको थियो ।
Read full story at source (barnanmedia.com)