निर्वासनको दुई वर्षपछि हसिनाको सम्बोधन : २०२६ को अन्त्यसम्म मुलुक फर्कन्छु
kendrabindu.com · Thu Aug 06 04:52:14 GMT 2026

नयाँदिल्ली । विगत दुई वर्षदेखि भारत निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले सन् २०२६ को अन्त्यसम्म स्वदेश फर्कने घोषणा गरेकी छन्। ‘मेरो स्वदेश फिर्तीको मिति पछि घोषणा हुनेछ। तर म यही वर्षको अन्त्यसम्ममा आफ्ना जनताहरूसमक्ष फर्कनेछु,’ नयाँदिल्लीस्थित फरेन करेस्पोन्डेन्टस् क्लब अफ साउथ एसिया (एफसीसी) द्वारा आयोजित कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै उनले भनिन्। उनले आफू पुर्ख्यौली घर टुंगिपारा जाने तयारीमा रहेको समेत जनाइन्। हसिनाले आफ्नो पार्टीमाथिको प्रतिबन्ध पनि तत्काल फुकुवा गर्न माग गरिन्।
जुलाई–अगस्ट सन् २०२४ मा विद्यार्थीहरूको नेतृत्वमा भएको जनआन्दोलनका कारण १५ वर्ष लामो शासनकालको अन्त्य भएपछि हसिना सन् २०२४ को अगस्ट ५ मा भारत निर्वासित भएकी थिइन्। त्यसको ठ्याक्कै दुई वर्षपछि पत्रकार सम्मेलनमा भर्चुअल अडियो सम्बोधन गर्दै उनले देश फर्कने घोषणा गरेकी हुन्। संयुक्त राष्ट्रसंघका अनुसार जुलाई र अगस्टमा चलेको हिंसात्मक प्रदर्शनका दौरानमा करिब १ हजार ४ सय मानिसको मृत्यु भएको थियो। त्यस्तै २० हजारभन्दा धेरै घाइते भएका थिए।
Read full story at source (kendrabindu.com)