शहीदचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको आधार तयार, चार अस्पताल आबद्ध हुने
kendrabindu.com · Thu Aug 06 05:18:09 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले शहीदचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधार सुदृढ गर्ने उद्देश्यले प्रदेशका चारवटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा उपयोग गर्ने प्रक्रिया अघि बढाएको छ।
बिहीबार सम्पन्न प्रदेश मन्त्रिपरिषद् बैठकले सेती प्रादेशिक अस्पताल, लम्कीचुहा प्रादेशिक अस्पताल, टीकापुर प्रादेशिक अस्पताल तथा महाकाली प्रादेशिक अस्पताललाई विश्वविद्यालयसँग आबद्ध शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो।
Read full story at source (kendrabindu.com)