अर्थतन्त्रसम्बद्ध विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीको समानान्तर छलफल, अन्योलमा अर्थतन्त्र
barnanmedia.com · Thu Aug 06 05:11:43 GMT 2026

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग छलफल राखे। तर छलफलमा गभर्नर विश्वनाथ पौडेल र डेपुटी गभर्नर किरण पण्डित सहभागी थिएनन्। मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँगको बैठकमा पनि गभर्नर थिएनन्।
गभर्नर पौडेल अर्थमन्त्रीसँगको छलफलमा नभए पनि प्रधानमन्त्री वालेन्द्र शाहसँग भने निरन्तर सम्पर्कमा छन्। गभर्नर पौडेलले शाहसँग प्रधानमन्त्री हुनुअघि एक पटक र प्रधानमन्त्री भइसकेपछि पाँच पटक छलफल गरिसकेका छन्। तर प्रधानमन्त्री र गभर्नरको छलफलमा अर्थमन्त्री वाग्ले सहभागी हुँदैनन्। प्रधानमन्त्रीले हालसम्म निजी क्षेत्रका दर्जनभन्दा बढी टोलीलाई भेटिरहँदा अर्थतन्त्रको बागडोर सम्हालेका मन्त्री वाग्ले कुनै पनि बैठकमा उपस्थित थिएनन्।
Read full story at source (barnanmedia.com)