प्रतिस्पर्धाविनै आइडिमियालाई राष्ट्रिय परिचयपत्र
nepalnews.com · Thu Aug 06 04:15:30 GMT 2026

गत १३ साउनको मन्त्रिपरिषद् बैठकले १६ जना सहसचिवको सरुवा गर्यो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार यो सरुवा सूचीमा गृह मन्त्रालयका दुई सहसचिव कालीप्रसाद पराजुली र सुमन घिमिरे पनि परेका थिए। गृहका वरिष्ठतम सहसचिव पराजुली राष्ट्रिय महिला आयोग र घिमिरे नेपाल ट्रष्टको कार्यालय सरुवा भएका छन्।
पराजुली गृह मन्त्रालयको प्रशासन महाशाखामा कार्यरत थिए भने घिमिरे नीति योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा थिए। उनीहरूको सरुवामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अस्वाभाविक रूपमा सक्रिय भएको गृहका अधिकारीहरू बताउँछन्। सरकारले अघि बढाएको महत्त्वपूर्ण फाइल ‘होल्ड’ गरेको आरोप उनीहरूलाई लागेको छ। पराजुली गत वर्षको जेन-जी आन्दोलनपछि गृहमा सरुवा भएका थिए। घिमिरे सरुवा भएको भने चार महिना मात्रै भएको थियो।
Read full story at source (nepalnews.com)