डाेनाल्ड ट्रम्पको हेलिकप्टर घटनाको छानबिन, के हो मामिला ?
arthadabali.com · Thu Aug 06 05:21:18 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सवार ‘मरिन वन’ सैन्य हेलिकप्टर वासिङ्टनमाथिको उडानका क्रममा एउटा व्यावसायिक यात्रुवाहक विमानसँग अत्यन्त नजिक पुगेको हुन सक्ने घटनाको अमेरिकी अधिकारीहरूले छानबिन सुरु गरेका छन् । यद्यपि ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प कुनै पनि बेला जोखिममा नरहेको स्पष्ट पारेको छ ।
न्युयोर्क टाइम्सले घटनाबारे जानकारी भएका दुई स्रोतलाई उद्धृत गर्दै मङ्गलबार हवाई यातायात नियन्त्रणसँगको सञ्चारमा समस्या आएपछि ‘मरिन वन’ र यात्रुवाहक विमानबीचको दूरी एक माइलभन्दा कम भएको जनाएको थियो ।
Read full story at source (arthadabali.com)