रौतहटको राजपुरमा लाल बकैया खोलाको बाढीले हुलाकी राजमार्ग डुबानमा
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
काठमाडौँ । निरन्तरको वर्षासँगै लाल बकैया खोलामा आएको बाढीका कारण रौतहटको राजपुर नगरपालिका क्षेत्रमा पर्ने हुलाकी राजमार्ग पूर्ण रूपमा डुबानमा परेको छ। सडकमाथि कम्मरसम्म आउने गरी बाढीको पानी ओभरफ्लो भएर बगिरहेको भए तापनि स्थानीय बासिन्दा, यात्रु र सवारी चालकहरू ज्यानको बाजी थापेर जोखिमपूर्ण यात्रा गर्न विवश छन्।
राजपुर नगरपालिकाअन्तर्गत पर्ने फतुवा पुलको पश्चिमतर्फको लचकामा लाल बकैया खोलाको बाढीले उग्र रूप लिएको छ। सडक जलमग्न भई तीव्र बहाव हुँदा समेत दैनिक उपभोग्य वस्तुको आपूर्ति, स्वास्थ्य उपचार र आकस्मिक काम सल्टाउनका लागि सर्वसाधारणहरू त्यही उर्लँदो भेलमा हेलिएर बाटो काटिरहेका छन्।
Read full story at source (hamrakura.com)