विश्वव्यापी तापक्रम र वर्षा प्रणाली प्रभावित पार्दै एल निनो
nagariknews.nagariknetwork.com · Thu Aug 06 05:21:59 GMT 2026

विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) का अनुसार एल निनो क्रमशः तीव्र बन्दै गएको छ । यो वर्षको अगस्तदेखि अक्टोबरसम्म विश्वका अधिकांश भागमा औसतभन्दा बढी तापक्रम हुने र वर्षाको ढाँचामा पनि उल्लेखनीय परिवर्तन आउने प्रक्षेपण उक्त निकायद्वारा हालै सार्वजनिक एक रिपोर्टमा गरिएको छ ।
संयुक्त राष्ट्रसंघीय निकाय डब्लुएमओका अनुसार एल निनोका कारण विश्वव्यापी जलवायु प्रणालीमा समेत महत्त्वपूर्ण प्रभाव पर्ने देखिएको छ । विशेषगरी, असाधारण रूपमा तातिएका विश्वका महासागर तथा भारतीय महासागरमा देखिने द्विध्रुवीयता (इन्डियन ओसियन डाइपोल) विकसित हुने सम्भावनासँगै झन् सशक्त बन्दै गएको एल निनोले आगामी महिनामा विश्वका धेरै क्षेत्रमा मौसमको स्वरूप निर्धारण गर्ने देखिएको छ ।
Read full story at source (nagariknews.nagariknetwork.com)