नाट्टा निर्वाचनमा भरत जंग पाण्डेको प्यानल घोषणा, ‘सशक्त नाट्टा, समृद्ध पर्यटन’को नारासहित मैदानमा
arthadabali.com · Thu Aug 06 05:31:33 GMT 2026

काठमाडौँ / नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को २५औँ कार्यसमिति निर्वाचनका लागि भरत जंग पाण्डेको नेतृत्वमा ‘भरत एन्ड टिम’ले आफ्नो प्यानल घोषणा गरेको छ । नाट्टाको ५९औँ वार्षिक साधारणसभासँगै आगामी अगस्ट १४, २०२६ मा निर्वाचन हुँदैछ ।
‘सशक्त नाट्टा, समृद्ध पर्यटन : सदस्यसँगै, सदस्यका लागि’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएको पाण्डे नेतृत्वको प्यानलले पर्यटन क्षेत्रको नीतिगत सुधार, व्यवसायीको हकहित संरक्षण तथा नाट्टालाई आधुनिक र समयसापेक्ष संस्थाका रूपमा विकास गर्ने एजेन्डा अघि सारेको छ ।
Read full story at source (arthadabali.com)