एकै दिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो सुन, महँगियो चाँदी पनि
arthadabali.com · Thu Aug 06 05:36:28 GMT 2026

काठमाडौँ / बिहीबार स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ८ हजार रुपैयाँले वृद्धि भई २ लाख ९६ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले बढेर ४ हजार ५७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।
Read full story at source (arthadabali.com)