धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फछ्र्योट
reportersnepal.com · Thu Aug 06 05:35:51 GMT 2026

जनकपुरधाम, २१ साउन । धनुषा जिल्ला अदालत जनकपुरधामले गत आर्थिक वर्ष २०८२र८३ मा पाँच हजार २१६ मुद्दा फछ्र्योट गरेको छ ।
अदालतका सूचना अधिकारी हेमकुमार महतोका अनुसार उक्त आवमा पाँच हजार ८४४ नयाँ मुद्दा दर्ता भएका थिए । अघिल्लो आवबाट चार हजार २३१ मुद्दा सरेर आएका थिए । यसरी कुल १० हजार ७५ मुद्दामध्ये पाँच हजार २१६ मुद्दा फछ्र्योट भएको सूचना अधिकारी महतोले बताए । उनका अनुसार हाल पाँच हजार ५९ मुद्दा विचाराधीन अवस्थामा रहेका छन् ।
Read full story at source (reportersnepal.com)