कुन पदमा रहेका प्रहरीले कति पाउँछन् तलब : प्रधान सेनापतिको भन्दा आईजीपीको तलब कम
ratopati.com · Thu Aug 06 05:44:46 GMT 2026

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि सुरक्षा निकायका कर्मचारीहरूको नयाँ तलबमानमा नेपाल प्रहरी र नेपाली सेनाका प्रमुखहरूको तलबमा अन्तर रहेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार नेपाली सेनाका प्रधान सेनापतिको तुलनामा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) को मासिक तलब कम छ ।
नयाँ तलबमान अनुसार नेपाली सेनाका प्रधान सेनापतिको कुल मासिक तलब ९० हजार ५ सय ९४ रुपैयाँ कायम गरिएको छ। तर, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) को मासिक तलब भने ७८ हजार ५ सय ७६ रुपैयाँ मात्र तोकिएको छ। नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) को तलब पनि ८४ हजार ५ सय ७६ रुपैयाँ कायम गरिएको छ।
Read full story at source (ratopati.com)