मैथिली भाषाको श्रीवृद्धि कसरी गर्न सकिन्छ?
ratopati.com · Thu Aug 06 05:51:42 GMT 2026

मैथिली भाषा साहित्यको इतिहास अत्यन्तै पुरानो र गौरवशाली छ, तर यसको समयानुकूल र समुचित विकास भने हुन सकेको छैन। वर्तमान समयसम्म आइपुग्दा मैथिली भाषाको संस्थागत एवं संरचनात्मक विकासका लागि संवैधानिक तथा कानुनी व्यवस्था तर्जुमा गरिसकिएको अवस्था छ। यो एउटा महत्त्वपूर्ण उपलब्धि भए पनि ती कानुनको कार्यान्वयनका लागि निर्दिष्ट कामहरू भने हुन सकेका छैनन्।
सरकारी तहबाट निर्माण भएका कानुनी व्यवस्था तथा सिफारिस गरिएका प्रतिवेदनहरूको कार्यान्वयन प्रक्रियाले पूर्णता पाउन सकेको छैन। यसका लागि राज्य प्रणालीका तीनवटै तहका सरकारहरू तथा मैथिली अभियन्ताहरूको थप सक्रियता आवश्यक देखिन्छ।
Read full story at source (ratopati.com)