ब्रह्माण्डको पहिलो तस्बिर अर्थात् हाम्रो अस्तित्वको वैज्ञानिक कथा
ratopati.com · Thu Aug 06 05:58:15 GMT 2026

सन् १९६५ मा अमेरिकाको न्यु जर्सीस्थित बेल ल्याब्सको एउटा विशाल हर्न आकारको रेडियो एन्टेनामा काम गरिरहेका दुई युवा वैज्ञानिक आर्नो पेन्जियस र रोबर्ट विल्सन एउटा अनौठो समस्याले हैरान थिए। उनीहरूले आकाशको जुनसुकै दिशातर्फ एन्टेना फर्काए पनि एउटा रहस्यमय रेडियो सङ्केत हटाउन सकिरहेका थिएनन्।
उपकरणमा खराबी छ कि भनेर पटक-पटक परीक्षण गरे, विद्युतीय प्रणाली जाँचे, मौसमलाई दोष दिए र अन्ततः एन्टेनाभित्र बसिरहेका परेवालाई हटाए। तिनले छोडेको फोहोरसमेत सफा गरे तर त्यो अनौठो आवाज भने जस्ताको त्यस्तै रहिरह्यो।
Read full story at source (ratopati.com)