अतिरिक्त सचिव स्वास्थ्य मन्त्रालयमा राखेर स्वास्थ्य सेवा विभाग निमित्तको भरमा
ratopati.com · Thu Aug 06 05:55:03 GMT 2026

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले तय गरेका नीतिहरू कार्यान्वयन गर्ने महत्त्वपूर्ण स्थान मानिएको स्वास्थ्य सेवा विभागको नेतृत्व तीन महिनादेखि निमित्तको भरमा चलेको छ । स्वास्थ्य मन्त्रालयमा दुई जना अतिरिक्त सचिव हुँदा विभाग महानिर्देशक विहीन बनेको हो । स्वास्थ्य सेवा विभागमा अतिरिक्त सचिवलाई महानिर्देशकको जिम्मेवारी दिने व्यवस्था छ ।
हाल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी इपीडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. अनुज भट्टचनलाई जिम्मेवारी दिइएको छ । गत वैशाख ३० गते भट्टचनलाई निमित्तको जिम्मेवारी दिइएको थियो । भट्टचन ११औँ तहका अधिकृत हुन् । स्वास्थ्य मन्त्रालयमा दुई जना अतिरिक्त सचिव छन् ।
Read full story at source (ratopati.com)