ग्वार्कोमा बस दुर्घटना :एकजनाको मृत्यु, १९ घाइते
annapurnapost.com · Thu Aug 06 06:04:23 GMT 2026

काठमाडौं : ललितपुरको ग्वार्कोमा बस दुर्घटना भएको छ। दुर्घटनामा एकजना महिलाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।प्रहरी वृत्त सातदोबाटो ललितपुरका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।
बिहीबार बिहान करिब १० बजेतिर भक्तपुरबाट सातदोबाटोतिर आउँदै गरेको बा २ ख ३५९० नम्बरको बस ग्वार्कोस्थित फ्लाइओभरको पर्खालमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
Read full story at source (annapurnapost.com)