निजी मेडिकल कलेजहरूको अडान : इन्टर्नशिप भत्ता बढाउन सकिदैन
swasthyakhabar.com · Thu Aug 06 06:07:58 GMT 2026

काठमाडौं - एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले एमबीबीएस तथा बीडीएस अध्ययनरत विद्यार्थीहरूलाई इन्टर्नशिप भत्ताको विषयलाई लिएर अध्ययन–अध्यापन र स्वास्थ्य सेवामा अवरोध सिर्जना नगर्न आग्रह गरेको छ।
एसोसिएसनले सार्वजनिक गरेको सूचनामा इन्टर्नशिप एमबीबीएस/बीडीएस अध्ययनको अनिवार्य तथा अभिन्न शैक्षिक अंग भएको उल्लेख गर्दै यसलाई श्रम सम्बन्ध वा रोजगारीसँग जोडेर हेर्न नमिल्ने जनाएको छ। कलेजमा भर्ना हुँदा नै ४.५ वर्षको सैद्धान्तिक अध्ययनपछि एक वर्षको अनिवार्य इन्टर्नशिप पूरा गर्नुपर्ने व्यवस्था विद्यार्थीलाई जानकारी रहेको पनि सूचनामा उल्लेख गरिएको छ।
Read full story at source (swasthyakhabar.com)