एउटा फोटोले जिताउन सक्छ नयाँ अथर स्कुटर: नाईमा २०२६ मा अथर नेपालले फेरि ल्यायो बहुप्रतीक्षित मेगा गिभअवे
ajakoartha.com · Thu Aug 06 06:15:00 GMT 2026

काठमाडौं- NAIMA Mobility Expo 2026 नजिकिँदै जाँदा विद्युतीय सवारीप्रति उत्साह झन् बढिरहेको छ। यही अवसरलाई अझ विशेष बनाउन Ather Energy Nepal ले प्रदर्शनीमा आउने सबै आगन्तुकका लागि आकर्षक मेगा गिभअवे अभियान पुनः सञ्चालन गर्ने भएको छ। यस अभियानमार्फत एक भाग्यशाली विजेताले ब्रान्ड-न्यु Ather स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन्।
गत वर्ष Ather Nepal ले आयोजना गरेको यही अभियानमार्फत सालिक राम कँडेल ले Ather Rizta जित्न सफल भएका थिए। सहभागीहरूबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र अपार मायापछि यस वर्ष पनि Ather Nepal ले यो लोकप्रिय सामाजिक सञ्जाल अभियानलाई निरन्तरता दिएको हो। अब एउटा फोटो, एउटा पोस्ट र थोरै भाग्यले तपाईंलाई नयाँ Ather स्कुटरको मालिक बनाउन सक्छ। कसरी सहभागी हुने?
Read full story at source (ajakoartha.com)