म अहिले पनि आफूलाई सिक्दै गरेको नयाँ निर्देशक नै ठान्छु : नीर शाह
ratopati.com · Thu Aug 06 06:28:17 GMT 2026

काठमाडौँ । नीर शाह नेपाली फिल्म क्षेत्रका दिग्गज अभिनेता, निर्देशक, निर्माता, लेखक र गीतकार हुन् । ६ दशक लामो कलायात्रा तय गरिसकेका शाहलाई नेपाली फिल्मको ‘जीवित इतिहास’का रूपमा चिनिन्छ । करियरमा ३०० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका उनले चरित्र अभिनेतादेखि खलनायकसम्मका हरेक भूमिकामा आफूलाई सशक्त प्रस्तुत गरेका छन् ।
साहित्यिक कृतिहरूलाई पर्दामा उतार्ने सबैभन्दा प्रभावशाली निर्देशकको रुपमा चिनिएका शाहले ‘बासुदेव’, ‘प्रेम पिण्ड’, ‘मसान’, ‘सेतो बाघ’ जस्ता साहित्यिक कृतिमा सफल फिल्म दिएका छन् । अहिले उनले स्वर्गीय विजय मल्लको नाटक ‘कोही दिन बर्बाद होस्’मा आधारित रहेर फिल्म ‘कमला मिस’ निर्देशन गरेका छन् । उक्त फिल्म आगामी शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । फिल्म ‘कमला मिस’ र निर्देशनमा कमब्याकको विषयमा केन्द्रित रहेर गरिएको छोटो कुराकानी ।
Read full story at source (ratopati.com)