ग्वार्को दुर्घटनामा मृत्यु हुने महिलाको परिचय खुल्यो
ratopati.com · Thu Aug 06 06:28:27 GMT 2026

काठमाडौँ । ललितपुरको ग्वार्कोमा बस दुर्घटनामा परेर मृत्यु भएकी महिलाको परिचय खुलेको छ । मृत्यु हुनेमा दोलखाको शैलुङ गाउँपालिका घर भएकी ४० वर्षीया जेनिसा लामा छिन् । बिहीबार कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा.२ ख ३५९० नम्बरको बस ग्वार्कोस्थित पुलको पर्खालमा ठोक्किँदा उनको मृत्यु भएको हो ।
उपचारको क्रममा उनको बीएण्डबी अस्पतालमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
Read full story at source (ratopati.com)