काठमाडौँमा सामुदायिक–समावेशी युवा खेलकुद क्लब गठन
ratopati.com · Thu Aug 06 06:31:34 GMT 2026
काठमाडौँ – नेत्रहीन क्रिकेट संघ नेपालको पहलमा काठमाडौँमा अपाङ्गता भएका युवाहरूको खेलकुद सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित सामुदायिक–आधारित समावेशी युवा खेलकुद क्लबको औपचारिक गठन भएको छ ।
क्लबले अपाङ्गता भएका युवाहरूसम्म खेलकुदको पहुँच विस्तार गर्दै उनीहरूलाई विभिन्न खेल गतिविधिमा सक्रिय रूपमा सहभागी गराउने लक्ष्य लिएको जनाएको छ । साथै, खेल मैदानभित्र र बाहिर समावेशी, समान अवसरयुक्त तथा सहयोगी समुदाय निर्माणमा पनि क्लबले विशेष जोड दिने बताइएको छ ।
Read full story at source (ratopati.com)