ग्वार्को फ्लाईओभरमा बस ठोक्किँदा एक महिलाको मृत्यु, १९ यात्रु घाइते
kalakarmi.com · Thu Aug 06 06:37:30 GMT 2026

काठमाडौं- ललितपुरको ग्वार्को फ्लाईओभरमा यात्रुबाहक बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। बिहीबार बिहान करिब १०ः३० बजे कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस फ्लाईओभरको संरचनामा ठोक्किएपछि दुर्घटना भएको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा परेकी दोलखा सैलुङ गाउँपालिका घर भई हाल भक्तपुर सूर्यविनायक बस्दै आएकी ४० वर्षीया जेनिशा लामाको उपचारका क्रममा बी एण्ड बी अस्पतालमा मृत्यु भएको हो।
Read full story at source (kalakarmi.com)