तोकियो नयाँ तलबमान- खरदारदेखि मुख्यसचिव र प्रधानसेनापतिसम्मको कति पुग्यो ? [सूचीसहित]
lokaantar.com

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को लागि बजेटमार्फत वृद्धि गरेको नयाँ तलबमान स्वीकृत गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले गत साउन १ गतेदेखि नै लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीहरूको नयाँ तलबमान र सुविधा स्वीकृत गरेको हो ।
बजेटमार्फत वृद्धि भएको नयाँ तलबमान अनुसार अब राज्यको प्रशासनिक संयन्त्रको सर्वोच्च पद मुख्यसचिव र नेपाली सेनाका प्रधानसेनापतिको तलब समान ९० हजार ५ सय ९४ रुपैयाँ कायम भएको छ । यसअघि उनीहरूको शुरू तलबमान ८४ हजार ९ सय ३२ रुपैयाँ रहेकोमा ग्रेड वृद्धिपश्चात् कुल तलब ९० हजार ५ सय ९४ पुगेको हो ।
Read full story at source (lokaantar.com)