कृषिमन्त्री चौधरीले पठाउनुभयो बाढी प्रभावित क्षेत्रमा खाद्य सामग्री
gorkhapatraonline.com · Mon Aug 31 09:10:03 GMT 2026

कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा ३० टनभन्दा बढी खाद्य सामग्री बाढीबाट प्रभावित क्षेत्रमा पठाइएको छ। विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) बाट मात्र २९ टन खाद्य सामग्री पठाइएको हो।
भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइएको छ। सो खाद्यान्न सवारी साधनमार्फत रसुवा र नुवाकोटका लागि पठाइएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ । विपद्बाट प्रभावित नागरिकलाई तत्काल खाद्य सहायता उपलब्ध गराउने उद्देश्यले राहत सामग्री सम्बन्धित प्रभावित क्षेत्रमा पठाइएको छ ।
Read full story at source (gorkhapatraonline.com)