पोर्चुगलमा युरोपस्तरीय ‘टी–१०’ क्रिकेट प्रतियोगिता हुँदै
ratopati.com · Thu Aug 06 06:45:21 GMT 2026
लिस्बन । युरोपेली देश पोर्चुगलमा युरोप स्तरीय ‘एनआरएनए टी–१०’ क्रिकेट प्रतियोगिता–२०२६ हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको आयोजनामा आउँदो सेप्टेम्बर १४ देखि १६ सम्म राजधानी लिस्बनमा पहिलो पटक युरोपस्तरीय ‘एनआरएनए टी–१०’ क्रिकेट प्रतियोगिता– २०२६ हुने भएको हो ।
नेपाली युवापुस्ता माझ क्रिकेटप्रतिको बढ्दो आकर्षण, क्रिकेटप्रतिको रुचि, उत्साह र सम्भावनालाई मध्यनजर गर्दै पोर्चुगलमा पहिलो पटक नेपाली क्रिकेट प्रतियोगिताको आयोजना गरिएको सङ्घले जनाएको छ ।
Read full story at source (ratopati.com)