हिरोसिमाबाट आणविक हतियारविरुद्ध विश्वलाई चेतावनी
khabarhub.com · Thu Aug 06 06:47:36 GMT 2026

टोकियो- अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवसका अवसरमा जापानको हिरोसिमा सहरले विश्व समुदायलाई आणविक हतियारको जोखिमप्रति पुनः सचेत गराएको छ। समारोहमा वक्ताहरूले बढ्दो सैन्य प्रतिस्पर्धा र आणविक प्रतिरोध (न्यूक्लियर डिटरन्स) को अवधारणाले विश्व शान्तिमाथि गम्भीर चुनौती सिर्जना गरिरहेको बताएका छन्।
हिरोसिमाका मेयर काजुमी मात्सुईले शान्ति स्मारक पार्कमा आयोजित समारोहलाई सम्बोधन गर्दै आणविक हतियारलाई सुरक्षा र प्रतिरोधको माध्यमका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले विश्वलाई फेरि हिरोसिमा वा नागासाकीजस्तै त्रासदीतर्फ धकेल्न सक्ने चेतावनी दिए।
Read full story at source (khabarhub.com)