संखुवासभामा खाेलाले बगाउँदा हाइड्रोपावरका कर्मचारी बेपत्ता
onlinekhabar.com · Thu Aug 06 06:53:00 GMT 2026

२१ साउन, संखुवासभा । संखुवासभाकाे मकालु गाउँपालिका -५ पाकपाेकमा खोलाले बगाएर इदुवा हाइड्रोपावरका एकजना कर्मचारी बेपत्ता भएका छन् । मकालु गाउँपालिका -५ पाकपाेकमा सिमली खोला तर्ने क्रममा खोलाले बगाएर इदुवा हाइड्रोपावरका कर्मचारी बेपत्ता भएका हुन् ।
गएराति मकालु -५ मा रहेकाे सिमली खाेला तर्ने क्रममा खाँदबारी नगरपालिका -१० का इदुवा हाइड्रोपावरका सुपरभाइजर २८ वर्षीय स्वागत निरौला बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए ।
Read full story at source (onlinekhabar.com)