दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न
canadanepal.com · Thu Aug 06 07:00:39 GMT 2026

काठमाडौँ -दाङमा यस वर्ष हालसम्म कुल धान रोपाइँको ९४ प्रतिशत काम सम्पन्न भएको छ। जिल्लामा कुल ७४ हजार ३३६ हेक्टर खेतीयोग्य जमिन रहे पनि करिब ५० प्रतिशत क्षेत्रमा मात्रै धान खेती हुने गरेको छ। यस वर्ष ३७ हजार २२५ हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकामा हालसम्म ३४ हजार ९९१ हेक्टरमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
देउखुरी उपत्यकाअन्तर्गत लमही नगरपालिका तथा राप्ती, गढवा र राजपुर गाउँपालिकामा सिँचाइ सुविधा उपलब्ध भएकाले ती क्षेत्रमा रोपाइँ सहज रूपमा सम्पन्न भएको छ।
Read full story at source (canadanepal.com)