गुगलको एआई नेतृत्वमा व्यापक हेरफेर
ratopati.com · Thu Aug 06 07:07:55 GMT 2026

क्यालिफोर्निया । अमेरिकी सर्च इन्जिन कम्पनी गुगलको मातृ कम्पनी अल्फाबेटले कृत्रिम बौद्धिकता (एआई)को क्षेत्रमा महत्त्वपूर्ण नेतृत्व परिवर्तन गरेको छ । कम्पनीले गुगल डीपमाइन्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेमिस हासाबिसलाई नवसिर्जित प्रमुख वैज्ञानिक पदमा नियुक्त गरेको छ ।
यस परिवर्तनसँगै हासाबिसले डीपमाइन्डको दैनिक व्यवस्थापनबाट अलग हुँदै कम्पनीको दीर्घकालीन एआई रणनीति र आर्टिफिसियल जनरल इन्टेलिजेन्स (एजीआई)सम्बन्धी अनुसन्धानमा ध्यान केन्द्रित गर्ने भएका छन् ।
Read full story at source (ratopati.com)