सरकारी अस्पतालमा निःशुल्क औषधिको चरम अभाव छ: सांसद पौडेल
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क पाइने औषधिको भारी अभाव रहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
बिहीबार आयोजित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले स्वास्थ्य मन्त्रालयबाट निःशुल्क वितरण हुने भनिएका औषधिहरू तल्लो तहका स्वास्थ्य केन्द्रहरूमा पटक्कै नभएको बताए। आफ्नै निर्वाचन क्षेत्रका स्वास्थ्य संस्थाहरूमा अनुगमन गर्दा धेरै ठाउँमा निःशुल्क औषधिको मौज्दात रित्तिएको पाइएको उनले खुलाए।
Read full story at source (hamrakura.com)