जय नेपाल पार्टी दर्ता गर्दै धवलशमशेर,हिन्दु अधिराज्य स्थापना गर्ने मुख्य लक्ष्य
reportersnepal.com · Thu Aug 06 07:31:37 GMT 2026

काठमाडौँ । केही समयअघि राप्रपा छाडेका नेता डा. धवलशमशेर राणाले जय नेपाल पार्टी गठन गर्ने पक्का भएको छ । उनले यही साउन २८ गते निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने तयारी गरेका छन् ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेता राणाले हिन्दु अधिराज्य स्थापना गर्ने मुख्य लक्ष्यका साथ जय नेपाल पार्टी गठन गर्न लागिएको जानकारी दिए । आफ्नो पार्टीको प्रमुख वैचारिक एजेन्डा सनातन धर्मसापेक्ष हिन्दू राज्य र अभिभावकीय भूमिकासहितको राजसंस्थाको पुनर्स्थापना रहेको उनले बताए ।
Read full story at source (reportersnepal.com)