विद्यालयमा जाँदै गर्दा बाढीमा वेपत्ता भएका बालबालिकाको खोजीमा सरकार गम्भीर नभएको गुनासो
annapurnapost.com · Mon Aug 31 09:06:04 GMT 2026

काठमाडौं : भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित बेत्रावतीका स्थानीयहरुले विद्यालय जाँदै गर्दा बाढीमा वेपत्ता भएका बालबालिकाहरुको खोजीमा पनि सरकार गम्भीर नभएको गुनासो गरेका छन्।
सरकारलाई प्रभावकारी उद्धार गर्न आग्रह गर्दै पीडितहरुले विद्यालय जान बसमा पठाइका अधिकांश बालकालिकाहरु बाढीमा वेपत्ता भएपनि अहिलेसम्म प्रभावकारी खोजीकार्य नभएको गुनसो गरेका हुन्। बाढीका कारण बेत्रावती क्षेत्रमा ठूलो क्षति भएपनि राज्यको उपस्थीति नदेखिएको भन्दै उनीहरुले अवस्थाको गम्भीर मनन गरी तत्काल प्रभावकारी उद्धार र नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने जनाएका हुन् ।
Read full story at source (annapurnapost.com)