लगातार तेस्रो पटक उत्कृष्ट बन्यो धादिङ प्रहरी
ratopati.com · Thu Aug 06 07:50:09 GMT 2026

धादिङ । कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय धादिङ लगातार तेस्रो पटक प्रथम भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले गरेको असार महिनाको कार्यसम्पादन मूल्याङ्कनमा धादिङले सबैभन्दा उत्कृष्ट कार्यसम्पादन गर्दै पहिलो स्थान हासिल गरेको हो। देशभरका प्रहरी उपरीक्षक (एसपी) नेतृत्वमा रहेका १५ वटा पहाडी जिल्ला प्रहरी कार्यालयमध्ये धादिङ उत्कृष्ट बनेको हो ।
प्रशासनिक सुधार, कार्यालय अभिलेख व्यवस्थापन, अपराध रोकथाम तथा न्यूनीकरण, आपराधिक घटनाको अनुसन्धान, फरार प्रतिवादी पक्राउ, अवैध हातहतियार बरामद, लागूऔषध नियन्त्रण, भन्सार तथा राजस्व छलीका सामान बरामद, पुराना मुद्दाको अनुसन्धान र फैसला कार्यान्वयनलगायतका सूचकमा धादिङ प्रहरीले उत्कृष्ट प्रदर्शन गरेको हो ।
Read full story at source (ratopati.com)