गुमुखोला भ्याकुरे हाइड्रोपावरले आइपीओ जारी गर्ने,बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ नियुक्त
aarthiknews.com

काठमाडौं । गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडले सर्वसाधारण तथा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन गर्ने ५ लाख कित्ता साधारण सेयर (आईपीओ) को बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ।
आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनसम्बन्धी सम्झौतापत्रमा गुमुखोला भ्याकुरे हाइड्रोपावरका अध्यक्ष मित्रबहादुर श्रेष्ठ र आरबीबी मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत रवि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।
Read full story at source (aarthiknews.com)