इरानी राष्ट्रपतिले भने– मोजतबासँग सम्पर्क गर्न गाह्रो छ
baahrakhari.com · Thu Aug 06 08:10:28 GMT 2026

काठमाडौं । इरानका राष्ट्रपति मसुद पेजेस्कियनले देशका सर्वोच्च नेता मोजतबा खामेनेईसँग सम्पर्क गर्न निकै गाह्रो भएको बताएका छन् । राष्ट्रपति पेजेस्कियनले भने, “यतिवेला उहाँसँग सम्पर्क गर्न निकै कठिन छ । तर, उहाँको उपस्थिति हाम्रा लागि ठूलो शक्ति हो, जसले हामीलाई अघि बढ्न प्रेरणा दिन्छ ।”
यद्यपि, उनले खामेनेई अझै पनि देशका लागि शक्तिको प्रमुख स्रोत रहेको र इरानको रणनीति तथा प्रतिशोधात्मक कारबाहीमा उनको महत्त्वपूर्ण भूमिका कायम रहेको स्पष्ट पारेका छन् ।
Read full story at source (baahrakhari.com)