हङकङलाई हराउँदै नेपाल च्याम्पियन
kalakarmi.com · Mon Jun 08 10:11:56 GMT 2026
काठमाडौं– वर्षाका कारण प्रभावित भएको एसियन गेम्स छनोट प्रतियोगिताको फाइनलमा नेपालले हङकङलाई पराजित गर्दै उपाधि जितेको छ । डकवर्थ–लुइस मेथडका आधारमा नेपालले हङकङलाई ११ रनले हराउँदै प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो ।
फाइनलमा हङकङले जीतका लागि ९ सय ५१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षाले खेल प्रभावित बनेको थियो ।
Read full story at source (kalakarmi.com)